मन बहादुर पुनरुकुम पूर्बका पूर्ण बुढामगरकाे शब्द/संगीतमा सम्झना गुरुङ र पूर्ण बुढामगरकाे प्रस्तुतीमा रहेकाे माैलिक सालैजाे गीत ढाेरपातन तल.. पूर्बी रुकुमकाे नाखा गाउँ र आसपासका रमनिय स्थलहरुमा छायांकन सम्पन्न भएकाे छ ।
सेपे चारपाते सामुदायिक बन उपभोक्ता समिती नाखा गाउँकाे आर्थिक सहयोगमा दुई दिनकाे समय लगाएर उक्त म्युजिक भिडियाे निर्माण गरिएकाे हाे ।यस गीतमा पूर्बी रुकुमकाे सानाे भेरी र बागलुङको निस्सी खाेला अनि बादलपारीकाे बस्ती ढाेरपातनकाे पहिचान अनि त्यस भित्रका संस्कृतीलाई उल्लेख गरिएकाे छ ।
माैलिक सालैजाे गीत ढाेरपातन तलमा गायक तथा सर्जक पूर्ण बुढामगर र सम्झना गुरुङकाे स्वर रहेकाे छ भने सन्ताेष सुनामकाे एरेन्जर रहेकाे छ ।रेकर्डिङ लेकाली रेकर्डिङ स्टुडियाे र रि- मिक्सिङ गाेबिन्द वलीले गरेका गीतमा छम छम नाचेर माेडलीङ गरेका छन् खबपु चन्चल पुन र निशा गुरुङले अनि काेरियाग्राफर पनि खबपु चन्चल पुनकाे रहेकाे छ । उक्त गीतलाई खिचेका छन कृष्ण घर्ती मगरले र ड्राेन अनिस घर्तीमगरले उढाएका छन् भने भिडियाे सम्पादन काम अझै बाकी रहेकाे छ । गायक पूर्ण भने यस गीतकाे म्युजिक भिडियाेकाे लागि आर्थिक सहयोग गर्ने सामुदायिक बन र मेराे जन्म भूमी नाखा निबासी सम्पूर्णलाई धन्यबाद दिन चाहन्छु ।अबकाे केही दिनमा सम्पादनकाे काम सकेर युट्युब बजारमा ल्याउदै छाै।

1539 पटक हेरिएको 

