बलिउड अभिनेत्री भूमि पेड्नेकरले लामो समयदेखिकाे प्रेम सम्बन्ध लुकाउँदै

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  Manaslu Post  655 पटक हेरिएको

मुम्बई  । अभिनेता अभिनेत्रीको प्रेम सम्बन्ध आजकाल सामान्य हुन थालेको छ । तर, बलिउड अभिनेत्री भूमि पेड्नेकरले लामो समयदेखि प्रेम सम्बन्धलाई लुकाउँदै आएकी छन् । उनी कलाकार जैकी भगनानीसँग प्रेम सम्बन्धमा छिन् । फिल्म यंगिस्तानका अभिनेता जैकीले आजकाल हरेक कार्यक्रममा भूमिलाई लैजाने गरेका छन् । जैकीले आफू र भूमि निटक रहेको खुलाएका छन् । आफूहरूको प्रेम सम्बन्धलाई जैकीले लुकाएका छैनन् ।

तर, अभिनेत्री भूमिले त्यो प्रेम सम्बन्धलाई अस्वीकार गर्दै आएकी छन् । अभिनेताले प्रेम सम्बन्ध रहेको स्वीकार्नु तर प्रेमिकाले प्रेम सम्बन्ध नै नरहेको दाबी गर्नुलाई बलिउडकर्मीले समेत रोचक मानेका छन् ।

अन्य कलाकारले आफ्ना प्रेम सम्बन्धलाई सामान्य रूपमा लिने गरे पनि भूमिले यसलाई अझै गोप्य नै राख्न चाहेको आरोप छ ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार