काठमाडाैं । करिब ८० लाख बिदेशिएका नेपालीहरुकाे सत्य कारुनिक कथामा अाधारित गीति एल्बम प्रदेशकाे बास..लाेक दाेहाेरी गीत सार्वजनिक भएकाे छ। पूर्ण बढा मगरकाे उत्कृष्ट लय/शब्दमा गाेरख शाहीकाे प्रस्तुति रहेकाे प्रदेशकाे बास..लाेक दाेहाेरी गीतमा पूर्ण बुढा मगर सम्झना गुरुङ र गाेरख शाहीकाे स्वर रहेकाे छ। संगीत संयाेजन सन्ताेष सुनामले गरेका छन भने रेकर्डिङ/ मास्टरिङ लेकाली रेकर्डिङ स्टुडियाेले गरेकाे छ ।
भिडियाेमा चित्रा पुनमगर र गाेरख शाहीले अभिनय गरेका छन भने खपबु चन्चल मगर निर्देशन र पिटर गुरुङले क्यामरा /सम्पादन गरेका छन। उक्त गीत गायक तथा सर्जककाे Purna Budha Magar काे अाधिकारिक युटुब च्यानलबाट सार्बजनिक भएकाे छ । अत्यन्तै मार्मिक शब्द र लयमा बनेकाे गीतमा गरिबीकाे कारण प्रदेशीएकाे दुख पीडा अनि घर कुरी बस्ने घरदेशीकाे बियाेगान्त कथा हेर्न सकिन्छ।
https://www.youtube.com/watch?v=pK8mCkq0ijk

936 पटक हेरिएको 

