काठमाडौं – नेपाली गीत संगीतका चर्चित गायिका पुष्पा बोहराको ‘मान्छे चिन्ने हो’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । ‘मान्छे चिन्ने हो’ गीतको भिडियोलाई वल्र्ड कभर मिडिया प्रा लिले बजारमा ल्याएको हो ।
निकै नै मार्मिक तथा सान्दार्भिक गीत ‘मान्छे चिन्ने हो’’ मा गायक तथा सर्जक सुरेश शाहीको शब्द संगीत/ एरेन्ज रहेको छ । उक्त गीतमा गायक सुरेश शाही र चर्चित गायिका पुष्पा बोहराको आवाज रहेको छ ।
गीतको भिडियोमा मोडल सुरज थापा र याङ्सु श्रेष्ठको उत्कृस्ट अभिनय रहेको छ भने भिडियोको नृत्य निर्देशन – बिक्रम चौहान ,
निर्देशन – वीरेन्द्र भाट ” बिपिन, छायांकन – राम सिह भाट, सम्पादन वीरेन्द्र भाट ” बिपिन”ले गरेका छन् ।
गायिका पुष्पा बोहराले थुप्रै नेपाली लोक दोहोरी तथा देउडा गीतहरु गाएकी छिन ।

1139 पटक हेरिएको 

