मन बहादुर पुन
काठमाडौं – चर्चित गायक तथा संगीतकार किरण बाबु पुनले अठार मगरातकाे पहिचान झल्किने तिहार सम्बन्धि ‘हजुरको दैलोमा’ बोलको गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरेका छन । शंकरा डिजिटल स्टुडियोले व्यवस्थापन गरेको छ गीतको भिडियोलाई गायक पुनको व्यक्तिगत यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतमा गायक तथा सर्जक पुनको शब्द रहेको छ भने गायक पुनले नै संगीत भरेका छन् । गीतमा गायक पुनसँगै, तुलसी घर्ती, करिश्मा घर्ती, तुलसा पुन (घर्ती) र वीरता पुनको स्वर रहेको छ ।
भिडियोमा अथार मगरात कलाकार संघको मौलिक भेषभुषासहितको अभिनय रहेको छ । गीतलाई केशव बडुले एरेन्ज गरेका छन् भने कुमार सानु पुनले मिक्सिङ गरेका छन् । भिडियोको निर्देशन खब्पु चञ्चल मगरले गरेका छन् । सागर गौतम र राजेश बिसीले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् ।

1362 पटक हेरिएको 

