काठमाडौं । गायक दुर्गेश थापाले तिहारको सन्दर्भमा निकालेको ‘ह्याप्पी तिहार चिसो बियर…’ बोलको गीत विवादमा तानिएको छ । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने शब्द राखिएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै उजुर परेको हो ।
कानुनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो । थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
आफु बिरुद्ध उजुरी परेको थाह पाएपछि दुर्गेशले प्रहरीसँग सम्पर्क गरेर मंगलवार आफैं प्रहरी परिसरमा आउने उनले प्रतिबद्धता व्यक्त गरेको एसएसपी थापाको भनाई छ ।
MANASLU TV

755 पटक हेरिएको 

