काठमाडौँ — मोडल तथा गायक दुर्गेस थापाले आफ्नो गीत विवादित भएपछि क्षमा मागेका छन् । उनको ‘ह्याप्पी तिहार’ बोलको गीत विवादित भएपछि सामाजिक सञ्जाल मार्फत ‘नोट’ जारी गरी क्षमा मागेका हुन् ।
गीत सार्वजनिक भएसँगै गीतमा प्रयोग भएका शब्दहरुमा असहमति जनाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।
उनलाई गीतका बारेमा साधेपुछ गर्न मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको थियो।
गीतमा प्रतिबन्धित नशालु पदार्थ गाँजा खान उत्प्रेरितरप्रोत्साहन गर्ने शब्द अन्जानवस प्रयोग भएको जानकारी उनले ुनोटुमा उल्लेख गरेका छन्।
उनले हस्ताक्षर गरेर क्षमायाचना माग्दै सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। उनले विज्ञप्तीमै प्रहरीको आग्रह अनुसार गीत युट्युब च्यानलबाट हटाएको जानकारी गराएका छन्।
MANASLU TV

717 पटक हेरिएको 

