केही वर्ष विदेश बसेर देशमा व्यवसायिक तरकारी खेती गर्ने उद्देश्य बोकेर नेपाल फर्किएको शेरबहादुरलाई माटो भरेर बनाइएको खोलाछेउको जग्गा भिडाइन्छ।
यसरी भिडाएको जग्गा बाढीले बगाएपछि आफूमाथि भएको अन्यायका लागि ऊ खोलालाई मुद्दा हाल्न बाध्य हुन्छ। खोलालाई मुद्दा हालेपछि उसले मुद्दा जित्छ या हार्छ? यसैको सेरोफेरोमा बुनिएको तानाबाना नै ‘घामड शेरे’को कथा हो।
सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन्। निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक पूरा सिनेमा एकसाथ काम गरेका छन्।
खोलाविरूद्ध मुद्दाको विषयले ‘घामड शेरे’ प्रति एउटा स्वभाविक आकर्षण उत्पन्न गराउँछ।
MANASLU TV

1036 पटक हेरिएको 

