“हावा चल्यो पात खस्यो पिपलु ” माैलिक गीत सार्वजनिक(भिडियाे सहित)

  मन बहादुर पुन  1165 पटक हेरिएको

काठमाडाै । म्युजिक बैंक नेपाल अनामनगरमा रेर्कडिङ भएकाे निम शितल मगर,केसरी घर्ती मगर, निरु लामा र तिलक रोका मगर लिलकाे स्वरमा नयाँ सांगीतिक कोसेली “हावा चल्यो पात खस्यो पिपलु ” नामक गीत भर्खरै बजारमा आएकाे छ ।

हावा चल्यो पात खस्यो पिपलुमा अथार मगरात क्षेत्रकाे भेषभुषाकाे प्रयाेगले माैलिकतापन झल्किएकाे छ । गीतमा बिभिन्न शंका र उपशंकाले गर्दा बलियो सम्बन्ध पनि बिग्रन सक्छ । त्यसैले सचेत रहेर सम्बन्ध जोगाउनु पर्छ भन्ने सन्देश दिन  खोजिएकाे छ ।

बिगतका प्रस्तुतिहरु झैं यस गीतलाई पनि मन पराईदिनु हुने छ भन्ने निम शितल मगरले आशा  गरेका छन् । प्रस्तुत गीतमा निम शितल मगर,केसरी घर्ती मगर, निरु लामा र तिलक रोका मगर लिलकाे स्वरमा रहेकाे छ भने लय, शब्द निम शितल मगरकाे रहेकाे छ ।

गीतको म्युजिक भिडियोमा प्रिया घर्ती मगर र तिलक रोका मगर लिलकाे दमदार अभिनय र नृत्य रहेकाे छ  ।

भिडियोलाई निर्देशन तिलक रोका मगर लिलले गरेका छन् भने छायांकन कृष्ण जि.एम ड्राेन अनिश जि एम र सम्पादन रमित वलीले गरेका हुन् । गीतको अडियो तथा भिडियोलाई Teen Kanya Sangeet Mala युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार