बैबाहिक जीवनमा बाँधिइन् अभिनेत्री ऋचा शर्मा

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  Manaslu Post  481 पटक हेरिएको

काठमाडौं । अभिनेत्री ऋचा शर्माको  बैबाहिक जीवनमा बाँधिएकी छन् । शनिबार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनको विहे भएको हो । दिपेक्ष लबिम मलका म्यानेजर हुन् ।

उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो ।आफ्नो फेसबुक ह्यान्डलमार्फत दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर सार्वजनिक गर्दै लेखेकी छन्, ‘जिन्दगीको अaर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’

तस्विरमा ऋचा र दिपेक्षलाई खुसी मुद्रामा देख्न सकिन्छ । ऋचाले केही समयअघि पोखरामा ब्याचलर्स पार्टी दिएकी थिइन् । उनले दिएको पार्टीमा अभिनेत्रीद्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार