मन बहादुर पुन
काठमाडौ । लोकप्रिय गायिका बबिता गुरुङ र दिनेश क्षेत्रीको स्वरमा रहेको लोक दोहोरी गीत बिना मेसैको तृसना म्युजिक प्रा.लिबाट सार्वजनिक भएको छ ।
दिनेश क्षेत्रीको शब्द लय रहेको बिना मेसैको गीतमा शैकर बि.सिको निर्देशन, दुर्गा पौडेलको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
भिरकोट नगरपालिका ३ स्याङजामा जन्मिएकी बबिता गुरुङ २०६२ देखि निरन्तर मौलीक लोक संगीतमा निरन्तरता दिइरहेकी छिन । देशका बिभिन्न ठाउँको कार्यक्रममा सहभागिता जनाइसकेकी बबिता गुरुङको स्वरमा सजिएको घुम्टेको लेक,सानु ,सालैजो,पानी तालैमा कौडा,फुल्छ हिलैमा,नौमती बजाउदै,मखमली फुलफुल्यो सुनाखरी,बसन्तऋतु काठेगीत,कसम खाउ,बनपाखा डुल्नलाई मौलीक दोहोरी गीतहरु बजारमा चर्चाको शिखरमा रहेको छ भने उनले हाल सम्म उनले करिब दुइ दर्जन गीतहरु रेर्कड गराई सकेकी छिन ।
पछिल्लो समयमा निकै चर्चामा रहेको राजु परियार र बबिता गुरुङको स्वरमा रहेका मौलीक गीत जानेभए जान देउ माया गीत बास्तबमा एक पटक हेर्नै पर्ने गीत बनेको छ । यो गीत जव हेरिन्छ तव मौलीकता आफ्नो सस्ंकृतिप्रति गर्ब लाग्छ ।

1250 पटक हेरिएको 

