काठमाडौं । गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु भएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइ सकिएको बताए । उनले भने, ‘भिडियो सार्वजनिक भएपछि उहाँले लगाउनु भएको आरोप र त्यस दिन के भएको थियो भन्नेबारे बुझ्न निर्देशन दिएका हौं ।’
क्षेत्रीले राउतमाथि दुर्व्यहार भएको भए त्यो गलत हुने बताउँदै भने, ‘तर, उहाँले जसरी बोल्नु भएको छ, त्यो शैली पनि संस्कारजन्य चाहिँ देखिएन ।’ प्रकरणमा दोषी देखिने पक्षमाथि कारबाही हुने उनले बताए ।
यसअघि बिहीबार राउतले एउटा भिडियो सन्देश जारी गरेकी थिइन् । जसमा उनले विमानस्थलमा चेकजाँचका क्रममा आफूलाई प्रहरीले दुर्व्यहार गरेको जनाएकी छन् ।चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी थिइन् ।
उनले भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।

552 पटक हेरिएको 

