लोकप्रिय गायक वीरेन्द्र जोहारीकाे ‘मुई डोली’ भाग – २ सार्वजनिक

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  949 पटक हेरिएको

लोकप्रिय गायक वीरेन्द्र जोहारीले भरखरै ‘मुई डोली’ भाग – २ को भिडियो सार्वजनिक गरेका छन् l कमल बमको शब्द / सङ्गीत तथा कृष्ण पुनको म्युजिक एरेञ्ज  रहेको यस गीतमा वीरेन्द्रलाई सुदूरपश्चिमकी लोकप्रिय गायिका पुष्पा बोहराले साथ दिएकी छिन् l  ‘मुई डोली’ को पहिलो भागमा पनि पुष्पा र वीरेन्द्रकै स्वर रहेको थियो l साँचो साँचो भन प्रिय मेरो यादमा तिमीले के के गर्यौ ? गीतमा युवतीको प्रश्न छ l

युवक भन्छ – ‘मैले त रुँदा रुँदा आँसुको खोला नै बगाएँ l’  त्यही प्रश्न फेरि युवकले आफ्नी प्रेमीकालाई गर्छ l प्रेमिकाले भन्छे –’म पनि यति रोएँ आँसुले चोली नै भिज्यो l’ अत्यन्तै प्रेमिल भावले भरिपूर्ण यो गीत शव्दले खोजे झैं हृदयस्पर्शी र फरक मेलोडीमा रहेको छ l कुनैपनि गीतको लयबाट प्रभावित नरहेको यो गीतको सुरुका पङ्क्ति सुन्नेबित्तिकै जो कोही स्रोतालाई जिज्ञाशु र रोमाञ्चित बनाउँछ l  ४ दिन अघि मात्र युट्युबमा अपलोड भएको यो भिडियो हेरेका अधिकांश दर्शकले गीतको मात्र नभई भिडियोको समेत प्रशंसा गरेका छन् lशिव बि. क. को निर्देशन र वीरेन्द्र भाट ‘विपिन’ को छयाङ्कन तथा सम्पादन रहेको यस भिडियोमा सम्पदा बानिया र वीरेन्द्र जोहारी स्वयम्को अभिनय रहेको छ l पहिलो भागको भिडियोमा पनि वीरेन्द्र र सम्पदाकै अभिनय थियो l

‘गीत तथा भिडियोमा पहिलो भागको कथाको सिलसिला छ l भाग – २ को अन्त्यमा नायक – नायिकाको भेट त भएको छ तर कुनै संवाद भएको छैन l एकअर्कालाई सम्झिएर लामो समयदेखि तड्पिएका प्रेमी जोडीको भेट हुनासाथ भिडियो सकिएको छ l वीरेन्द्र जोहारी भन्छन्- ‘यसपछि कथाले कस्तो मोड लिन्छ, त्यो कुरा गीतकारलाई मात्र थाहा छ l’सुदूरपश्चिमको दार्चुला जिल्ला, व्यास गाउँपालिका स्थाई बसोबास भएका गायक वीरेन्द्र जोहारी नेपालमा बसोबास गर्ने सबैभन्दा अल्पसंख्यक जातिका हुन् l ‘जोहारी हामी जम्मा ४-५ घर मात्र छौं र  घरमा हामी आफ्नै मातृभाषा कुमाउनी बोल्छौँ’ वीरेन्द्र भन्छन् l  केही पुस्ता अघि उनका पुर्खाहरु कुमाउतिर बस्थे l वीरेन्द्रको जन्म भने नेपालमै भएको हो l अहिलेपनि उता नाता पर्नेहरु धेरै छन् र नेपालका सीमित जोहारी भएको नाताले उनी र उनको परिवारलाई कुमाउ – गढवालतिरका सबैले चिन्छन्, माया गर्छन् l

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार