
प्रकाश बराईली “अभिब्यक्ती”
नेपाली साँगीतीक क्षेत्रमा नयाँ देखी पुराना सम्म हजारौ कलाकार छन् । ति पुराना तथा चर्चामा आएका कलाकारहरु पनि पहिला सुरुवातमा नयाँ नै थिए । नयाँ भएर नै पुरानो हुने हो त्यो सबैलाई थाहा भएकै कुरा हो । अहिलेका चलेका ब्यक्तीहरुलाई पनि कुनै बेला कसैको साथ, समर्थन, समर्पण चाहिएको थियो र उनिहरुको साथ सपोर्टले अगाडी आउन सफल भएका हुन् । जे गर्दा पनि एक्लैले मात्र सम्भव छैन । जहाँ पनि सहकार्य र एकताको जरुरी छ । एक हातले ताली बज्दैन भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो । ताली बजाउन त दुई हात त चाहिन्छ । त्यस्तै साँगीतीक क्षेत्रमा अगाडी आउन र चर्चामा आउनका लागी सर्वप्रथम आफुमा कला अनि ब्यवहारका साथ साथै सबै सँग मिलेर सहकार्यता गरी अगाडी बढ्न जरुरी छ । यस क्षेत्रमा कतिपय कलाकारहरुले आफ्नो हैसियत र पहिलाको सपोर्ट बिर्सन्छन् । आफु त्यसै चर्चामा आएको जस्तो सोच्छन् , अनि अहम्ता र घमण्ड देखाउछन् । त्यस्ता अहम्ता र घमण्ड गर्ने ब्यक्तीहरुको यस क्षेत्रमा आयु थोरै मात्र हुन्छ । क्षणिक बिक्नु भन्दा लामो समय टिक्नु उत्तम कुरा हो । कतिपय कलाकारहरु आफ्नो सामाजिक सञ्जालमा लाईक कमेन्ट पहिलाको भन्दा केही बढी आउन थालेमा मख्खै पर्छन् । लाईक कमेन्ट त कसैले नचिनेको राम्रो केटीलाई पनि केटाहरु लाईक हान्दिन्छन्् । सामाजिक सञ्जालमा लाईक कमेन्ट बढाउनु भन्दा पनि आम दर्शक श्रोताको लाईक आउनु अर्थात दुनियाले चिन्नु मन पराउने हुन जरुरी छ । साँगीतीक क्षेत्रमा सबै सँग हातेमालो सहकार्यता गर्न सकेमा एक दिन अवश्य पनि भविश्य सुनिश्चीत हुन्छ । ब्यवहार सुधार्न नसक्ने, घमण्ड अहम्ता देखाउने ब्यक्तीहरु यस यस क्षेत्रमा उनीहरुकै कारणले गर्दा दिगो हुन नसकेको प्रमाणहरु प्रशस्त भेटिन्छन् । बिगतमा भन्दा पछिल्लो समय यता धेरै खुरापातीहरु अनि सुरुको सपोर्टको गुन बिर्सने ब्यक्तीहरुको कमी छैन । सुरुवातमा केटा होस् या केटी होस् हजुर त मेरो गुरु हो हजुरको गुन कहिल्यै भुल्ने छैन भन्छन् । केही समय पश्चात चर्चामा आएसी गुरु जस्तो मान्दैनन् । सपोर्ट गर्ने ब्यक्तीलाई त गोरु जस्तो बनाउछन् । गोरुलाई जोताउदा हलिले लाठी चार्ज के गर्छ र त्यो भन्दा बढी उनीहरुले आन्तरीक रुपमा गोरु बनाएर लाठी चार्ज गरिरहेका हुन्छन् । पछिल्लो समयमा यस क्षेत्रमा धेरै स्वार्थी ब्यक्तीहरुको आगमन भएको पाईन्छ । कतिपय कलाकारहरुले सपोर्ट गर्ने ब्यक्ती कै कुरा काटेर फलानो यस्तो ढिस्को यस्तो भन्दै हिडेको प्रमाण नयाँ पुस्ताहरुमा फेला पार्न सकिन्छ । केहि समय पश्चात तिनीहरुलाई सपोर्ट गर्ने ब्यक्तीको नाम लिन पनि लाज लाग्छ । सुरुवातमा र चर्चामा आएको बेलामा जस्ले ब्यवहारमा भिन्नता ल्याउछ, त्यो ब्यक्ती स्वार्थी भन्ने कुरा प्रस्ट हुन्छ । सुरुवात अनि चर्चामा आए पछि पनि उसको ब्यवहारमा परिवर्तन आउदैन भने त्यस्ता असल ब्यक्तीहरुलाई सपोर्ट गर्दा कुनै फरक नपर्ला । कतिपय नेपाली कलाकारहरुले आफ्नो हैसियत र पहिलाको सपोर्टलाई बिर्सन्छन् । कतिपय ब्यक्तीहरु यस्ता पनि छन् की सुरुवातमा जस्तो सम्बन्ध पनि राख्न तयार हुन्छन् । अनि चर्चामा आईसकेपछि सपोर्ट गर्ने ब्यक्तीलाई नै चिन्दैनन् र नाम सोधेर फलानोलाई चिन्नुहुन्छ भनेर कसैले सोधेको बेला खै म त चिन्दिन भन्दिन्छन् । उनीहरुलाई सपोर्ट गर्ने ब्यक्तीको नाम लिन पनि लाज लाग्छ । यस्ता ब्यक्तीहरुको कारण र अन्य बिकृती जन्य क्रियाकलापहरुले गर्दा नै नेपाली गीत सँगीतको बिकाश हुन नसक्नु कारक तत्व हो । त्यसैले हरेक कलाकारहरुले आफ्नो क्रियाकलाप सँगै ब्यवहार, सपोर्ट गर्ने ब्यक्तीहरुको गुन चिन्ने, चर्चामा आईसकेपछि बोली र ब्यवहारमा भिन्नता नल्याउने गर्न‘का साथै अन्य कुरामा सुधार्न जरुरी छ । सर्वप्रथम नेपाली साँगीतीक क्षेत्रको भबिश्य सुधार्नका लागी कलाकारहरु आफै सुध्रिन जरुरी छ । नेपाली कलाकारले कला, सँस्कृतीलाई मध्य नजर गर्दै ईमान्दारिता, ब्यवहारिकता लगायत अन्य कुरामा सधार गर्दै सहकार्यता सँगै बिगतको सपोर्टलाई नबिर्सिएमा सफलता आफैको पछाडी दौडने छ र सफलता मिल्ने छ । कतिपय कलाकारहरुले अरुलाई होच्चाउने, हेप्ने, अरुको त गीत नै हैन जस्तो ब्यवहार गर्छन् । सबैसँग समान अनि सरल ब्यवहारसँगै सहकार्यता गरौ त्यहीमा नेपाली कलाकारहरुको कल्याण र हित हुने छ ।
यस लेखका लेखक उहाँ पत्रकार, गीतकार, म्युजिक भिडियो निर्देशक हुनुहुन्छ ।

1074 पटक हेरिएको 

