गायक सुजन बराईलीले जन्मदिनको अवसरमा पारेर सार्वजनिक गरे “मेरो प्यारो मल्लाज गाँउ”

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  638 पटक हेरिएको

काठमाडाै । मल्लाजको धार्मिक तथा पर्यटकिय गन्तव्यलाई गीत तथा म्युजिक भिडियोको माध्यमबाट प्रचार प्रसार गर्ने उद्देश्यले चर्चित गायक सुजन बराईलीले नयाँ गीत मेरो प्यारो मल्लाज गाँउ बजारमा ल्याएका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाजमा जन्मिएका बराईलीले ‘मेरो प्यारो मल्लाज गाउँ’ बोलको गीत  सार्वजनिक गरेका हुन् ।

गायक बराईलीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीत आफ्नै युटुब च्यानल मल्लाजी म्युजिक मार्फत सार्वजनिक गरेका हुन् । सुजन बराईलीकै उत्कृष्ट शब्द र स्वर रहेको गीतमा पर्वतका चर्चित सर्जक एवम् संगीतकार कस्तुप पन्तको संगीत रहेको छ । यस गीतलाई पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” ले निर्देशन तथा छायांकन गरेका हुन् । गीतमा जलजला गाउँपालिका लगायत मल्लाजका बिभिन्न पर्यटकीय र धार्मिक क्षेत्रलाई क्यामरामा कैद गरिएको छ ।

भ्रमण बर्ष २०२० सँगै मल्लाजमा आन्तरीक पर्यटक भित्राउनका लागि गाउँको परिवेशलाई समेटेर गीत तथा म्युजिक भिडीयो तयार गरिएको गायक बराईलीले जानकारी दिनुका साथै आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीत सार्वजानिक गरेको उनले बताए । गीतमा मल्लाजको धार्मिक तथा पयटकिय क्षेत्रलाइ शव्द र भिडियो मार्फत उजागर गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार