गडुल ध्वज गुरुङ (जिमी)काे मार्मिक गीत के को कोलाहल हो सार्वजिनक

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  2104 पटक हेरिएको

काठमाडौ ।  नेपाली लोक संगीतमा निरन्तर लागिरहेका चर्चित गायक तथा सर्जक  गडुल ध्वज गुरुङ (जिमी)ले मार्मिक गीत के को कोलाहल हो सार्वजिनक गरेका छन ।
के को कोलाहल हो गीतमा गडुल ध्वज गुरुङ (जिमी)को शब्द,रचना, स्वर, सङ्गीत रहेको छ भने  शिला बहादुर मोक्तानको सङ्गीत संयोजन र याम गुरुङको निर्देशन रहेको छ ।
जगत् मा जब कुनैपनी जिव आत्माको जन्म हुन्छ, तब हरेकको मृत्यु पनि निस्चित हुन्छ । म पनि एक मनुष्य हुॅ र मेरो पनी एकदिन मृत्यु निश्चित छ। तर कहाँ, कहिले र कुन अवस्थामा भन्ने कुरा मात्र हो १ जीवनको यसै ध्रुब सत्यलाई आत्मसाथ गर्दै, म प्रवाशी भएको हुँदा मेरो अन्त कहाँ हुने हो रु कस्तो अवश्था हुने हो ।
जीवनको अन्तीम श्वास कुन स्थानमा लिनेहो रु त्यस्को कसैलाई पनि थाहा हुदैन् । तर म आफू जिवित हुँदै मेरो आफ्नै जन्म भुमिमा, आफ्नै जन्म घर बाट, आफ्नै आफन्तहरुको कांधमा उनिहरुकै सामुन्ने, आफ्नै गाउंको मशानघाटमा आफ्नो लाश जलेको हेर्ने अभिप्रायले यस गीतको सृजना गरिएको हो । यस गीतले हर कसैको जीवनको वास्तविकताको मुलधारलाई बोकेक बुझाईरहेको गायक तथा सर्जक  गडुल ध्वज गुरुङको भनाइ छ ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार