संगीत दुनियाँको चम्किला गायिका निरु थापा मगर !

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  1910 पटक हेरिएको


काठमाडौं । संगीत दुनियाँ रमाइलो भए पनि भित्री रुपमा निकै संघर्षशील रहेछ संगीतक्षेत्र ।

पछिल्लो समय धेरै नयाँ गायक गायिकाहरु गीत संगीतकोको दुनियाँमा फरक फरक रुपमा भित्रिरहेका छन् तर गायिका निरु थापा मगर भने निरन्तर रुपमा आफूलाई प्रस्तुत गर्दै हिजोदेखि आजसम्म उस्तै रुपमा परिचित छिन् । हिजोको तुलनामा आज निकै सहज र सफल बन्दै गइरहेकि छिन ।
गण्डकी गाँउपालिका ५ दर्बुङ गोरखामा बुबा गोपाल थापा मगर र आमा नानिमाया थापा मगरको कोखबाट जन्मिएकी निरु थापा मगरले यो दुनिया आधुनिक गीत २०७२ मा रेर्कड गराइ औपचारिक रुपमा संगीत क्षेत्रमा प्रवेश गरेकि हुन ।

देशका बिभिन्न ठाउँको कार्यक्रममा सहभागिता भइसकेकी निरु थापा मगरको स्वरमा सजिएको ए ठुली (कौडा) घुम्दै आयौ रे (दशैगीत) चितिक्कै परिछौ (तिजगीत) अविजाले, आमाको काख, बनमा, नसम्झनु (आधुनिक) गीतहरु बजारमा आएकोे छ भने उनले हाल सम्म उनले करिब एक दर्जन भन्दा बढि गीतहरु रेर्कड गराई सकेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार