शिरफुलैमा चम्किइन् मोडल चिना रसाइली

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  3755 पटक हेरिएको

मन बहादुर पुन 
काठमाडौ । धौलागीरी गाउँपालिका १ गुर्जा म्याग्दीमा बाबा तारा प्रसाद रसाइली र आमा लकदेवी रसाइलीको कोखबाट जन्मिएकी मोडल चिना रसाइली सानैदेखी नृत्यमा रुचि राख्ने हुँदा छोटो समयमै आफुलाई मोडलिङमा स्थान पाइरहेकी छिन् ।

मौरीबाजा सर्जक तथा गायक ,संगीतकार राम रसाईलीकाे तीन ओटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । पढाइको शिलशिलामा पोखरा आएछि चिना मोडलिङ क्षेत्रमा आफुलाई चिनाउन म्यूजिक भिडियोमा अभिनय गर्न थालेकी हुन् । १ महिना भित्रै उनले तीन वटा गीतमा अभिनय गरिसकेकी छिन् ।म्याग्दीको स्कुले जीवनमा पनि सानैदेखी डान्स गर्ने तथा गाउँको कार्यक्रममा उत्कृष्ट नाच देखाएर पुरस्कृत समेत भईसकेकी छिन् ।

आफन्त राम रसाइली संगीत क्षेत्रमा भएपछि म्यूजिक भिडियोमा मोडलिङ गर्न सहज भएको चिना बताउँछिन् । स्टेज कार्यक्रममा आफुले प्रतिभा देखाए पनि भिडियो गर्ने अवसर गायक राम रसाइलीले जुराएको उनी बताउँछिन् । ‘म्यूजिक भिडियोमा खेल्ने सानैदेखी ईन्छा थियो’ चिना भन्छिन्ः ‘पोखरा आएपछि त्यो ईच्छा पुरा भयो ।’सुरुमा क्यामराको अगाडी खुलेर डान्स तथा अभिनय गर्न निकै गाह्रो भएको अनुभव छ चिनासंग । विस्तारै अभिनय गर्दा पछि निकै सहज भयो । अहिले अभिनय र नाचमा ढुक्क भएर आफुले प्रस्तुती देखाउने गरेको मोडलिङमा सक्रिय चिना बताउँछिन् ।

राम रसाइलीको गोठालोको जुनि शिरफुल गीतमा चिनाले खुलेरै अभिनय गरेकी छिन् । अहिले यूटुवमा निकै भईरल भईरहेको छ । आफु अव, निरन्तर म्यूजिक भिडियोमा लागिरहने चिनाको सोच रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार