मन बहादुर पुन
काठमाडौ । मान्छे आफ्नो चाहना, सपना र लक्ष्य पाप्तिको लागि कुन हदसम्म मेहनत गर्न सक्छ र कुनै विषयप्रति एउता मान्छेको कुन हदसम्म जिज्ञासा, उत्सुक्ता, लगाव, झुकाव र सर्मपण भाव हुन सक्छ भन्ने कुराको एउता आश्चर्यलाग्दो गायिका हुन पबित्रा आले मगर ।
गोरखाको पहाडी गाँउ बारपाक सुलिकोट ४ टाँकुमा बुबा गणेश आले मगर र आमा शान्ती आले मगरको कोखबाट जन्मिएकी गायिका पबित्रा आले मगरले सानै उमेरदेखि नृत्य र संगीतप्रति देखाएको रहर र चाहना कुनै पागलप्रेमी भन्दा कम थिएन । उनले गाँउमा हुने कार्यक्रममा आफ्नो मगर भेषभुषा लगाएर टुप्लुक्क पुगिहाल्थिन । मादलको तालमा कम्मर मच्चाएर नाच्थिन । उनले बालापनदेखि आजको दिनसम्मपनि आफ्नो मौलिक संस्कृति प्रतिको लगाव जस्ताको तस्तै छ, ।
यहि मौलिक लोक संगीतको जर्गेना गर्ने र गायिका बन्ने सपना बोकि पबित्रा काठमाडौ प्रबेस गरेकी पबित्रा आले कस्तो भाग्य लोकगीत रेर्कड गराइ औपचारिक रुपमा मौलिक लोक संगीत क्षेत्रमा प्रवेश गरेकी हुन भने उनले आफ्नै स्वरमा सजिएकाे बैसालु नजर र पञ्चेबाजा गीत बजारमा उपलब्ध छ ।
मोडलिङ र अभिनयमा पनि रुचि राख्ने पबित्रा आलेले दूइओटा गीतको रेकडिङ सकेर भिडियो निर्माणको तयारीमा छिन ।
MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

2048 पटक हेरिएको 

