मन बहादुर पुन
काठमाडौ । नेपाली कलाकरीताको दुनिँयामा छोटो समयमै नेपाली दर्शकहरुको मनमा बास बस्न सफल गीरिभाइ बिश्वकर्मा धौलागीरी गाँउपालिका १ गुर्जा म्याग्दीमा बुबा फतवीर बिश्वकर्मा र आमा धनमला बिश्वकर्माको कोखबाट जन्मिएका हुन ।
बिगत गाँउ गुर्जा म्याग्दीमा एस एल सि पढाइ सके । उनले प्लस २ को पढाइ सके पछि कलाकार बन्ने लक्ष्य पुरा गर्ने सोच बनाए । गीरिभाइ बिश्वकर्मालाइ कलाकारीतामा लाग्न घर परिवारको पुर्ण सहयोग सँगै गायक तथा सर्जक मोहन छन्त्यालले मेरीबास्सै सम्म पु¥यार पछि उनले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मौका पाए ।
युवा पुस्ताका आशा लाग्दा मोडल अभिनेता गीरिभाइ बिश्वकमाले कहिले छुट्न नपरोस तिम्रो साथ, म्याग्दीको शिर गुर्जा गाँउ, शिरफुले, मनामा पिडा, दोभान खोला, यहि मोरीको शिउदो सजाउछु लगायत एका दर्जन भन्दा बढि म्युजिक भिडियोमा मोडलिङ र आधा दर्जन जति भिडियोमा निर्देशन गरिसकेका छन । उनी माफ पाम टेलिफिल्ममा निरन्तर अभिनय गर्दै आइरहेका छन ।

1361 पटक हेरिएको 

