मन बहादुर पुन
काठमाडौ । वडिघाट गाँउपालिका ४ जलजला बाग्लुङमा बुबा खिमलाल श्रीष मगर र आमा दिलमाया श्रीष मगरको कोखबाट जन्मिएकी निरु श्रीष मगर २०६९ सालदेखि निरन्तर लोक संगीतमा लागिरहेकी छिन । झट्ट हेर्दा सरल सोझी सुन्दरी देखिने निरु श्रीष मगर आजभोली कार्यक्रममा निकै बेष्ट छिन । मौलिक लोकसंगीतको खानी जलजलामा जन्मिएकी निरु श्रीष मगर गाउँका बिभिन्न कार्यक्रममा सहभागी जनाएर आफ्नो प्रस्तुति दिल खोलेर दिन्थिन ।
उनि लोक संगीतमा लागेर केहि गर्छु भन्ने मनमा बोकी काठमाडौ झरिन । निरन्तर संर्घषको बाबजुत उनले मौलिक संस्कृतिलाई झल्काउने गरि आफ्नै स्वरमा जलेको मन लोक दोहोरी गीत रेकर्ड गरेर औपचारिक रुपमा सांगीतिक यात्रामा लागिन ।
सुमधुर स्वरकी धनि निरु श्रीष मगरले झोर्ले झोर्ले लाफाको , एक मानेमा के छ केछ दुइमानेमा दहि छ , काफलै पाक्यो, जिमखाना धाएर, तिजै आयो, बत्ति बाले झै, फुल पहेलै, छक्का पञ्जा जान्दिन, भान्जी र ४ ओटा चर्चित सालैजो गीत लगाएत चार दर्जन भन्दा बढि मौलिक लोक दोहोरी गीतहरु बजारमा ल्याई सकेकी छिन भने पिरतीको गाँउ छ , मेरो भाग्य कमजोर रैछ फुत्यो र कभरगीत मिर्मिरे आँखा बजारमा ल्याउने तर्खरमा रहेकी छिन ।
रष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको आयोजनामा भएको अर्ना दोहोरी प्रतियोगीतामा उत्कृष्ट गायिका बन्न सफल निरु श्रीष मगर नेश्नल पावर म्यूजिक अवार्ड र ज्वती फिल्म अर्वाड पाइन भने नुरगंगा संस्थाबाट सम्मानित भइसकेकिछिन ।
लामो समयदेखि नेपाली गीत संगीतमा सर्घष गरिरहेकि गायिका निरु श्रीष मगर देशका बिभिन्न ठाँउ लगायत बिदेशमा सिंगापुर, मलेशिया, कोरिया र सिक्किमको कार्यक्रममा सहभागी भइसकेकीछिन ।

1864 पटक हेरिएको 

