‘धर्ती बचाउने कुरा गरौँ’ गीतको भिडियो सार्वजनिक

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  579 पटक हेरिएको

काठमाडौ । लकडाउनको बेला पनि कलाकारहरु चुप लागेर बस्न सकेका छैनन् । उनीहरु आफ्नो सिर्जना बजारमा ल्याएर दर्शकलाई मनोरञ्जन गराइरहेका छन ।

सी. एल. शर्माको शब्द र सङ्गीत, तथा वीरेन्द्र जोहारी र माण्डवी त्रिपाठीको युगल स्वरमा रहेको गीत ‘धर्ती बचाउने कुरा गरौँ’ देश भावले भरिएको गीतको  भिडियो सहित बजारमा आएको छ ।

कोरोना सम्बधि चेतना मुलक गीतमा एकता, मानवीयता र भाइचाराको सन्देश बोकेको छ । विपिन आचार्यको सङ्गीत संयोजन तथा भुवनेश जोहारीको छायाङ्कन, वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा  सम्पादन रहेको छ ।

धर्ती बचाउने कुरा गरौँ  भिडियो गायक वीरेन्द्रकै युट्युबबाट अपलोड गरिएको छ । केहि समय अगाडी विरेन्द्र भाटले आफैले निर्देशन गरेका कोरोना सम्बधिका गीत बजारमा आएका थिए । जुन अहिले चर्चामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार