
मनास्लु पोष्ट । करिव आठ बर्ष देखि निरन्तर नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन तथा बाद्दयवादकको रुपमा क्रियाशिल रहदै आएका महेन्द्र तिवारी हिजो आज देशका बिभिन्न ठाउको कार्यक्रमहरुमा बेष्ट रहदै आएका छन ।
मर्म गा.बि.स २ रागेचौर सल्यानमा जन्मिएका महेन्द्र तिवारी बिधार्थीे जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुतिको साथै बाद्दयबादन प्रस्तुत
गर्दथे ।
बिभिन्न कार्यक्रमहरुमा आठ बर्ष निरन्तर बाद्दयबादन तथा गायन प्रस्तुती दिदै आएपनि महेन्द्र तिवारीले पछिल्लो समय हास्न बोल्न पर्छ दोहोरी गीत रेर्कड गरि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।
लोक संगीतको खानी सल्यानमा जन्मेका बाद्दयबादक एवं गायक महेन्द्र तिवारीले अहिले सम्म तिरी सल्लो टप्पा,नहिद कान्छी हरणको तालैमा,लगाएत आधा दर्जन गीतहरुमा आफनो स्वर रेर्कड गरिसकेका छन भने मलाई झै पिडा लोक तथा दोहोरी गीतमा शव्द,लय गरेका छन ।

899 पटक हेरिएको 

