रेडियो नेपालको प्रथम महिला गायिका रानुदेवी अधिकारीको निधन

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  658 पटक हेरिएको

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा गएराति निधन भयो । उनका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् । उनको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको थियो । उनका पिता इश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन् । उनको बाल्यकाल बनारसमा बित्यो भने उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो ।

उनले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वर दिनु दिएकी थिइन् । रानुदेवीले १६ वर्षको उमेरमै नेपाली नेपाली ‘अघि बढौं हातमा क्रान्ति झण्डा लिई, क्रान्ति झण्डा लिई, नेपाली ‘हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई, सब मिली उद्धार गरौं हाम्रो नेपाललाई,पछि नसरौं अबदेखि दुःख परे पनि, पछि नसरौं अबदेखि दुःख परे पनि गीत गाएकी थिइन् । गीतका शब्द र संगीत तारिणीप्रसाद कोइरालाको थियो । तारणाीप्रसाद बीपी कोइरालाका भाइ हुन् । क्रान्तिमा होमिएको काँग्रेसका पक्षमा गीत गाउँनु जोखिमपूर्ण थियो । त्यसबेला बिराटनगरमा एउटा तबला बजाउने मान्छे पनि थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार