चलचित्र ‘बेञ्जो’को छायांकन सुरु नहुँदा नायिका अदिती वुढाथोकी फुर्सदमा छिन् । चलचित्रको निर्माण रोकिदा यो वर्ष दर्शकसँग अदितीको भेट हुने सम्भावना कम हुँदै गएको छ ।
निर्देशक सुरेन्द पौडेल आफैँले पनि चलचित्रको छायांकनका लागि आफूहरु तयार भएपनि लकडाउनका कारण काम सुरु गर्न नसकेको बताएका छन् ।
चलचित्र ‘कृ’पछि नायिका बुढाथोकी दर्शकमाझ यो चलचित्रमार्फत् आउन लागेकी हुन् । त्यसकारण यो चलचित्र उनी र उनका शुभचिन्तकहरुका लागि विशेष हुने पक्का छ ।
उनै अदितीले सामाजिक संजालमा भने आफ्नो सक्रियतालाई कम हुन दिएकी छैनन् । अहिले कुनै पनि कार्यक्रम आयोजना नभएकाले पनि कलाकारहरुसँग नयाँ तस्वीर छैनन् । तर, पनि उनीहरु पुरानै तस्वीर पोष्ट गरेरै भएपनि शुभचिन्तकहरुसँग जोडिएका छन् ।
अदितीले पनि आफ्ना दुई तस्वीर पोष्ट गर्दै ‘कुन पोज राम्रो ?’ भनेर शुभचिन्तकसँग जिज्ञासा राखेकी छिन् । अब अदितीको कुन तस्वीर राम्रो भनेर भन्ने जिम्मा त उनका शुभचिन्तकहरुलाई नै उनले दिएकी छिन् ।

846 पटक हेरिएको 

