
लमजुङ । नेपाली रजतपटका चर्चित कलाकार दयाहाङ राई र बुद्धि तामाङले लमजुङको नाल्मोबासिलाई निराश बनाएका छन् । उनीहरुले आफ्नो पहिलो चलचित्र नाल्मो गाउँमा सुटिङ गरेपछि त्यहाँ नै पहिलो शो गर्ने वाचा गरे पनि आफ्नो बाचा पुरा नगरेकाले नाल्मोबासीको गुनासो रहेको छ ।
गुरुङ समुदायले भरीभराउ नाल्मो गाउँमा गुरुङ समुदायकै कथा बस्तुलाई लिएर २०६२ सालमा दयाहाङको अभिनय र रामबाबुको निर्देशनमा ‘अनागरिक’ चलचित्र सुटिङ भएको थियो । सोहि चलचित्र नै दयाको पहिलो चलचित्र हो । चलचित्रले दयालाई मात्र नभएर, कबड्डी, कबड्डी कबड्डी, पुरानो ढुङगा जस्ता चलचित्रका सफल निर्देशक रामबाबु गुरुङलाई पनि नाल्मो गाउँले चलचित्र जगतमा प्रवेश गर्न सिकाएको थियो । बिडम्वना २०७० सालमा सुटिङ भएको तान्द्रो चलचित्र र अनागरिक चलचित्र युनिटका कलाकारहरुले नाल्मो गाउँलेहरुको सहयोग र आशा लाई बिर्सि दिएका छन् ।‘बुद्धि तामाङ लगायत तान्द्रो युनिटका कलाकारहरुले गाउँको बारेमा धेरै कुराहरु टिपेर लगे पनि नाल्मो गाउँको बारेमा केहि कुरा मिडियामा नल्याएको गुनासो गरेका हुन् । उहाँहरुलाई सहयोग गरेमा गाउँमा भएका कामहरु सरकार सम्म पुग्छ, अनि राज्यको नजरमा परिन्छ त्यसपछि गाउँको विकास हुन सक्छ भन्ने आसले उहाँ हरुको चलचत्रि युनिटलाई धेरै सहयोग गरेको तर खासै सहयोग नपाएको र वास्ता समेत नभएको बताएका छन् । शिक्षक र समाजसेवी राजुगुरुङले युनिटसंग आपत्ति जनाए । अर्का समाजसेवी जंगराज गरुङ भन्छन् – ‘सुटिङ हुँदा सम्म नाल्मो गाउँलाई मिडियामा ल्याउँछाँै । नाल्मोबासीले गरेका कामहरु सरकार सम्म पु¥यादिन्छौ भनेर गएका कलाकारहरु गाउँ छोडेर पारी देखिनेडाँडा काटेपछि नाल्मो गाउँ बिर्सिदिए ।’
चलचित्र बनिसके पछि अरु ठाउँमा नदेखाई सबै भन्दा पहिले गाउँमा लिएर देखाउँछौ भनेर गाउँलेहरुलाई आशा बोकाएर काठमाडौं फर्केका अनागरिक र तान्द्रो युनिट फर्केर नाल्मो गाउँ गएनन् । अनागरिककै युुनिट दोस्रो पटक माओवादी कथा वस्तु बोकेर नाल्मो गाउँ पुगेका तान्द्रो युनिटलाई हार्दिकता दिन सकेनन । तर अहिले इमान्दार नाल्मोवासीहरु आफ्नो गाउँमा आएका जुनसुकै व्यक्तिलाई मायाले सहयोग गर्दछन् । उनीहरुले बुझेका छन्, ‘सत्रुलाई पनि, मलम लगाउन सिक्नुपर्छ ।’ भन्ने , गाउँलेहरु बताउँछन् ।

1395 पटक हेरिएको 

