अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश पोखरेल

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  595 पटक हेरिएको

काठमाडौं :  नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन्।

उनी टप टुमा पुगेर उपाधि जित्न भने सकेनन् ।   दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन्  ।  फाइनल राउण्डमा  भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्। दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो ।

उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन।अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्। काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिका बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार