मुम्बई । बलिउडका अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार मुंबई स्थित आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
सुशान्त पछिल्लो समय बलिउडमा लोकप्रिय कलाकारका रुपमा चिनिन्थे । रिपोर्टका अनुसार सुशान्तका केही साथीहरु पनि उनकै घरमा थिए । उनको कोठाको ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीको रिपोर्ट अनुसार पछिल्लो छ महिनादेखी उनी डिप्रेशनको शिकार भएका थिए ।
टीवी एक्टरबाट करिअर सुरु गरेका उनले पहिलो पटक ‘किस देश में है मेरा दिल’ नाम के धारावाहिकमा काम गरेका थिए । एकता कपूरको धारावाहिक ‘पवित्र रिश्ता’बाट उनको चर्चा भएको थियो ।
त्यसपछि शुद्ध देसी रोमांस मा वाणी कपूर र परिणीति चोपड़ासंग काम गरे भने सबै भन्दा धेरै चर्चा भारतीय टीम के पूर्व कप्तान एम एस धोनी को भुमिका निर्वाह गरेर पाए । नीरज पांडेद्वारा निर्देशित एम एस धोनी की बायोपिक सुशांतको करिअरको पहिलो फिल्म थियो, जुन फिल्मले एकसय करोड कमाई गरेको थियो । उनको अन्तिम फिलम फिल्म केदारनाथ थियो । जुन फिल्ममा सारा अली खानसंग काम गरेका थिए ।
https://www.youtube.com/watch?v=YBJ4opg3qhc

619 पटक हेरिएको 

