नेपाली चलचित्र क्षेत्रमा परिवारवादको मुद्दा चलिरहेको छ । केही कलाकारहरूले यो विषयमा आवाज उठाएपछि अहिले यसमा २ प्रकारको तर्क देखिएको छ । चलचित्र क्षेत्रमा परिवारवाद हाबी छ भन्ने कलाकार निकै कम देखिएका छन् । ग्रुपिज्म हाबी छ भन्ने चलचित्रकर्मीको संख्या केही बढी रहेको देखिन्छ ।
नायिका नीता ढुंगानाले नेपाली चलचित्रमा परिवारवादभन्दा पनि समूहवाद हाबी भएको तर्क गरिन् । नीता, नायिका नम्रता सापकोटा, वर्षा सिवाकोटीलगायतले यो विषयमा बहस गरेपछि केही चलचित्रकर्मीहरूले ‘बहिनीहरू’ भन्दै आलोचना गरेका थिए।
सायद, नीतालाई यो कुरा फिटिक्कै चित्त बुझेन । उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै लेखिन्–‘सबै कुरा ठिक छ, आफ्नो विचार राख्न पाइन्छ । तर बहिनी भन्ने दाजुको उमेर कति हो, जान्न मन लाग्यो ।’
नीताले आफ्नै विश्वास नहुनेहरूले अरूको आलोचना गरेकोभन्दै पनि आक्रोश व्यक्त गरेकी छिन्। लकडाउनको समयमा नीताले ‘नेताहरूको आलोचनादेखि राष्ट्रियताको मुद्दामा खुलेरै बहस’ समेत गरिरहेकी छिन्। अनलाइनखबर

717 पटक हेरिएको 

