सामाजिक संजालमा भूवन र साम्राज्ञीको चर्काचर्की

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  946 पटक हेरिएको

सामाजिक संजालमा नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविच दोहोरी नै चलेको छ । उनीहरुले एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायांकनका क्रममा भएको एक अर्काको व्यवहार सार्वजनिक गरिरहेका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले २ दिन अगाडि सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै आफूमाथि ह्यारेसमेन्ट भएको बताएकी थिइन् । उनले, आफ्नो भिडियोमा कुनै पनि मेकर वा चलचित्रको नाम लिएकी छैनन् । तर, साम्राज्ञीले बारम्बार आफ्नो डेब्यू चलचित्रमा काम गर्दा आफूमाथि राम्रो व्यवहार नभएको बताउँदै आएकी थिइन् ।

साम्राज्ञीको भिडियो सार्वजनिक भएपछि जवाफ दिदै नायक भूवन केसीले जुन थालमा खाने त्यही थालमा प्वाल पार्ने भनेर जवाफ दिएका थिए ।
अब, साम्राज्ञीले भूवनको यो भनाइको पनि जवाफ दिएकी छिन् । भिडियोमार्फत जवाफ दिने क्रममा साम्राज्ञीले जापानमा आयोजित एक अवार्डमा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको पनि उल्लेख गरेकी छिन् ।

साम्राज्ञीले भनेकी छिन्–‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नु हुँदैन भनेर संझाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन पनि लागिरहेको थियो । तै पनि म हाँसेरै बोलेको थिएँ ।’

साम्राज्ञीले अगाडि भनेकी छिन्–‘ती कुराहरु केही टाढा बसेर पनि भन्न सकिन्छ नी । गाला जोडेर, टाँस्सिएर भन्नु पर्छ र ? छोर अब यस्तो नगर है भन्दै गालामा मुख जोडेरै भन्नुपर्छ र ।’

साम्राज्ञीले भूवन केसीलाई ‘अंकल’ भनेको मन नपर्ने भन्दै आफूले ‘दाई’ भन्ने गरेको पनि बताएकी छिन् ।

साम्राज्ञीले आफ्नो भिडियोमा भूवन केसीको नाम भने उच्चारण गरेकी छैनन् । तर, उनले लेखेको स्टाटसमा आक्रोश व्यक्त गर्दै जवाफ दिएकी छिन् । उनले, आफूमाथि राम्रो व्यवहार भएको भए यस्तो दिन नै आउदैनथ्यो पनि भनेकी छिन् । नायक भूवन केसीको निर्देशनमा बनेको चलचित्र ‘ड्रिम्स’ मार्फत नायिका शाहले डेब्यू गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार