युट्युवरहरुले वाक्क दिक्क बनाए, अब म युट्युबमा बोल्दिन: साम्राज्ञी

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  973 पटक हेरिएको

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युवरहरुले वाक्क दिक्क बनाएको बताएकी छिन् । इन्स्टाग्राममा भिडियो क्लिप्स पोष्ट गर्दै उनले भनिन् ‘हेर्दा पनि घीन लाग्दो हेडिङ राखेर हाम्रा कुराहरु बंग्याएर पेश गर्छन् ।’ एउटा हेडलाइन् राखेर अर्के टेक्स राख्ने गरेको भन्दै त्यस्ता शैलिले दर्शकलाई पनि दिक्क बनाउने धारणा राखिन् ।

अहिले धेरै युट्युबरले अन्तरवार्ताका लागि बारम्बार फोन गर्ने गरेको भन्दै उनले अब आफ्ना कुरा इन्स्टाबाटै राख्ने धारणा राखेकी छिन् ।

युट्युबर महिला एवं पुरुषहरु महिला कलाकारको धज्जि उडाउन सक्रिय रहेको उनको भनाई छ । ‘यदि उहाँहरुले महिलाको इज्जल गर्नु हुन्थ्यो भने त्यो लाजलाग्दा कमेन्ट किन हटाउनु भएन ?’ उनले भनेकी छिन् । उनले आफु मात्रै नभएर आम महिला कलाकार पीडित भएको गुनासो गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार