दीपाश्री छोरी भएर जन्मिनु नै गल्तीः केकी अधिकारी

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1324 पटक हेरिएको

काठमाडौं : नायक राजेश हमाल ‘महानायक हो र?’ भन्ने अभिव्यक्ति दिएर कलाकार तथा निर्देशक दीपाश्री निरौलाको चौतर्फी विरोध भएपछि नायिका केकी अधिकारीले दीपा छोरी भएर जन्मिनु नै गल्ती भएको बताएकी छिन्।

दीपाको चौतर्फी विरोध गर्नेहरूप्रति व्यङ्ग्य गर्दै  सामाजिक संजालमा एक स्टाटस लेख्दै नायिका अधिकारीले दीपा कलाकारिता क्षेत्रमा सफल हुन नै गल्ती भएको बताएकी हुन्।

हमाललाई ‘सुपरस्टार’ नै होइनन् भन्ने हैसियत आफ्नो नभएको  भन्दै दीपाले माफी पनि मागिसकेकी थिइन्। हमाल सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहने बताए पनि हमालका फ्यानले उनको उछितो काढ्न छोडेका छैनन्।

यहाँ हरेकको अभिव्यक्ति स्वतन्त्रता रहे पनि कलाकारिता क्षेत्रका व्यक्तिका अभिव्यक्तिलाई लिएर ट्रोलको सिकार हुने गरेका छन्। आफ्नो विचार राखेर कसेको चित्त दु:खे पुन माफी माग्नु नै दीपाको गल्ती भएको  नायिका अधिकारीले व्यङ्ग्य गरेकी हुन्। उनले लेखेकी छिन्, ‘आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभयो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार