अभिनेत्री सारा अलि खानका ड्राइभरलाई पनि कोरोना

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  708 पटक हेरिएको

काठमाडौं : बलिउड अभिनेत्री सारा अली खानको ड्राइभर कोरोना पोजेटिभ भएको छ।

खानले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी छन्।  अभिनेत्री साराले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको त्यसपछि गरिएको परीक्षणमा आफूसहित आफ्नो परिवारको कोरोना परिक्षण गराएको र रिपोर्ट निगेटिभ आएको जानकारी दिएकी छन्।

यसअघि बलिउडका महानायक अमिताभ बच्चनको परिवारमा अमिताभसहित अभिषेक बच्चन, उनकी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या कोरोना संक्रमित भएका छन्। यसै गरी अभिनेता अनुपम खेरकी आमा र भाइको परिवारसमेत कोरोना संक्रमित भएको छ।

यस अघि गायिका कनिका कपुरसहित अन्य कैयौं कलाकार, निर्देशक र निर्माताहरु संक्रमित भएका छन्। भारतमा तिब्र गतिमा फैलिएको कोरोनाबाट अहिलेसम्म २३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ९ लाखभन्दा बढी संक्रमित भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार