पल शाहसँगै कार्टुन क्रुको प्रतिस्पर्धा

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  654 पटक हेरिएको

काठमाडौं । हरेक साता बिहीबारदेखि शनिबारसम्म म्युजिक भिडियो बढी रिलिज हुने गरेको छ । यसैक्रममा बिहीबार बेलुका एकसाथ आशा गरिएका दुईवटा म्युजिक भिडियो रिलिज भए ।

जसमा म्युजिक भिडियोमा दर्शकले रुचाएका अभिनेता पल शाह र अभिनेत्री बस्नेतको म्युजिक भिडियो ‘मायालु तिमी कता छौ…’ र दर्शकको रोजाइमा रहेको ‘कार्टुन क्रुका’ जोडी सरोज अधिकारी र आश्मा विकको म्युजिक भिडियो ‘पिरतीको डोली…’ रिलिज भएको हो ।

यी दुवै भिडियो शुक्रबार नेपाल युट्युब टे«न्डिङमा एकले अर्कालाई पछि पार्न प्रतिस्पर्धा गरिहेका थिए । जसमध्ये पल शाह र स्वस्तिमाको भिडियो शुक्रबार साँझ नेपाल युट्युब ट्रेन्डिङको १२औं स्थानमा र कार्टुन क्रुको ‘पिरतीको गुन्द्री…’ को भिडियो नेपाल ट्रेन्डिङमा ४१औं स्थानमा थियो ।

अभिनेता पल र अभिनेत्री स्वस्तिमाले अभिनय गरेको यो भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् । भिडियामा नवराज उप्रेतीको छायांकन, अर्जुन जिसीको सम्पादन, श्याम कार्की कलर, विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । गायक राजनराज शिवाकोटी र गायिका स्मिता दाहालको अघिल्लो गीत ‘मायालु तिमी कता छौ…’ को सफलतापछि यतिबेला सोही गीतको दोस्रो शृंखलाका रूपमा ‘सिरिरी सिरिरी…’ को भिडियो ल्याएका हुन् ।

यो गीतको शब्द दिनेश थपलियाले लेखेका हुन् । जसमा संगीत राजनराज शिवाकोटीकै रहेको छ । यो गीतको भिडियोलाई गज्जब टिभी युट्युब च्यानलबााट रिलिज गरिएको हो । युवराज वाइबाले निर्देशनमा तयार भएको कार्टुन क्रुको भिडियोमा सरोज र आश्मा रोमान्टिक रूपमा प्रस्तुत भएका छन् । भिडियो नृत्यप्रधान बनेको छ ।

गायक डेभिड शंकरले यो गीत गाएका हुन् । ‘पिरतीको गुन्द्री…’लाई बिहीबार बेलुका रिलिज गरिएको हो । गीतमा गायक डेभिड शंकरलाई गायिका विनी श्रेष्ठले साथ दिएकी छन् ।

एक महिनाबाट बन्दाबान्दी केही खुकुलो भएपछि बिस्तारै म्युजिक भिडियो छायांकनको सक्रियता बढेको हो । सोहीक्रममा ‘कार्टुन क्रु’को यो नयाँ भिडियो आएको हो ।

यो गीतमा दीपकराज विश्वकर्माको संगीत रहेको छ । गीतको रचना विष्णु विरही श्रेष्ठ र स्वर डेभिडको छ । फिल्म ‘पञ्चेबाजाको घिनिघिनी मादल…’, चलचित्र छक्कापन्जा–३ को ‘पहिलो नम्बर…’जस्ता थुप्रै सफल गीत ल्याइसकेका गायक डेभिडले यसपटक प्रेम भावको गीत ‘पिरतीको गुन्द्री’ बजारमा ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार