काठमाडौं । नेपाली माैलिक लाेक संगीतकाे क्षेत्रमा लामाे समय देखि निरन्तर लागिरहेकी लाेकप्रिय गायिका दिलु सलामी मगर, ज्ञानु राना मगर र दिलसरा काउचा मगरको ‘तीजको लहर छायो बरीलै’ तीज गीत बजारमा आएको छ ।
तीजकाे अवसरमा सार्वजनिक भएकाे गीतमा दिलु सलामी मगर, ज्ञानु राना मगर काे शब्द र दिलसरा काउचा मगरको लय रहेकाे छ ।
चुमान काउचा मगरले मगरकाे एरेन्ज , रबिन मगरकाे मिक्सिंग रहेकाे छ ।
चुमान काउचा मगरले नै निर्देशन गरेको गीतको भिडियोमा उदीराम खड्काले कोरियोग्राफी र बसन्त महर्जनले छायांकन र हुम गैरेले सम्पादन गरेका हुन ।
‘तीजको लहर छायो बरीलै’ ‘ गीतको भिडियोमा बिमता घर्ती मगर, खुशी बुढा मगर, लिजा मगर, देविका मगर, प्रिया मगर, निर्मला मगरको अभिनय छ ।

1167 पटक हेरिएको 

