नेपाली सञ्चार क्षेत्र र लोकदोरी गायनमा क्रियाशील राजकुमार रायमाझी र गायिका मुना रोक्काको आवाजमा चाड पर्व विशेसलाई लक्षित गरेर तयार पारेको चाडपर्व लोकदोहोरी गीतको म्युजिक भिडियो “साहिंला साहिंली” बजारमा सार्वजनिक भएको छ ।
पञ्चामृत म्युजिक एण्ड फिल्म्सको प्रस्तुती रहेको यो गीतको लय तथा शव्द राजकुमार कै रहेको छ । लक्षुप्रकाश मल्लको म्युजिक एरेञ्ज रहेको यो गीत विग परिवेश स्टुडियोमा रेकर्ड भएको हो भने यस गीतको रेकर्ड तथा मिक्सिङ मनोज डंगोलको रहेको छ ।
ललितपुरमा छायाङ्कन गरिएको यो गीतको म्युजिक भिडियोमा कर्म लामा घिसिङ, साबित्रा भुजेल, गायत्री राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई विनोद तामाङले क्यामेरामा कैद गरेका हुन् भने सम्पादन उत्तम गुरुङको रहेको छ । यस गीतको निर्देशन गायक राजकुमारकै रहेको छ भने गीतलाई राजकुमार रायमाझी युट्युव च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ ।
सवैका घर आँगनमा चाड पर्वको प्रवेश हुने क्रममा छ तर विश्व महामारीका रुपमा रहेको कोरोना भाईरसले गर्दा सवैलाई आँसुको तालमा पारेको छ । यो दुखको अवस्थामा पनि मनमा पिर चिन्ता नलिइकन सर्वै हाँसीखुसी चाडपर्व मनाउ, आफ्नो क्षमतालाई हेरेर चाड पर्व मनाउ, यस्तो विसम परिस्थितिमा दुख भन्दा पनि हाँसेर नाँच्न र वाँच्न सिक्न पर्छ भन्ने सन्देश पनि बोकेको छ ।
https://www.youtube.com/watch?v=4FpZFWucl60


740 पटक हेरिएको 

