अभिनेत्री निता ढुंगाना बनिन् गायिका

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  793 पटक हेरिएको

काठमाडौं । अभिनेत्री निता ढुंगाना गायनमा आएकी छन् । उनले आफ्नो स्वरमा नयाँ भजन रेकर्ड गराएकी छन् । ढुंगानाले केही दिनअघि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी छन् ।

उनले यो भजनको भिडियो चाँडै बजारमा ल्याउने बताएकी छन् । आफू घरमा नियमित रूपमा भजन गाउने भएकाले यसपटक गणेश भजन रेकर्ड गरेको उनको कथन छ । नीताले यो भजनको भिडियोसमेत आफ्नो प्रोडक्सन हाउस नीता फिल्मसबाट छायांकन गरेकी छन् । भिडियोलाई चाँडै बजारमा ल्याउने उनले बताएकी छन् ।

नेपाली चलचित्रकी अभिनेत्रीहरूले गीत गाउने लहर नै चलिरहेको छ । यसअघि गौरी मल्ल, रेखा थापा, निरुता सिंह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आरएल राणा, अनु शाहलगायतले आफ्नो स्वरमा गीत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन् । यस क्रममा अभिनेत्री नीताले पनि भजनबाट आफ्नो गायन यात्रा सुरु गरेकी हुन् । दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाएमा गायनलाई अघि बढाउने नीताको कथन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार