पूर्ण बुढामगर, काठमाडौं। स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ५ मा बुबा तोम बहादुर रानामगर र आमा फूलमाया रानामगरको कोखबाट जन्मिएकी गायिका अनु रानामगर नेपाली लोक संगीतको क्षेत्रमा एउटा फक्रिएको फूल भन्दा फरक नपर्ला ।
सानैदेखि गीत संगीतमा रुचि र लगाब भएता पनि जीवनमा विभिन्न संघर्ष र उत्तारचढाप पार गर्दै .२०७२ सालमा साउदी छौ कि कतार बोलको दशै गीत रेकर्ड गरेर औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकि थिइन । त्यसपछि आफ्नै शब्द, लय, स्वर र अभिनयमा डाँडै घुम्यो चील ।। बजारमा ल्याइन जुन गीत एकल मर्मस्पर्शी पनि छ ।
तीज आएको बेला, दशै मनाए जस्ता आफ्नो र अरुको गरी करिव दर्ज गीतमा स्वर भरी सकेकिछिन। अनु रानामगरले बुटवललाई आफ्नो कर्म थलो बनाई नेपाली लोक सांगीतिक क्षेत्रमा उढाउदै र पछिल्लो समयमा मोफसलतिर सांस्कृतिक कार्यक्रममा ब्यस्त गायिका पनि हुन ।
त्यस्तै पछिल्लो समयमा अनु रानामगरको सांगीतिक कोशेली राजु परियारको शब्द, लयमा बाजा राम्रो धौलागिरीको । पन्चे बाजा गीत भिडियो छायांकनकोे तयारीमा छिन भने शिव हमालको शब्द, लयमा हितको साई ।। रेकर्डिङको शिलशिलामा छ ।प्रतीक्षा गरौँ, कति चर्चा बटुल्छ ती पछिल्ला उनका सांगीतिक कोशेलीले ।

1852 पटक हेरिएको 

