गीतकार डा. दिलिप कुमार मल्लद्वारा लिखित गीतीएल्वम ‘अप्सरा’ सार्वजनिक

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  1557 पटक हेरिएको

काठमाडौं। लेखक तथा गीतकार डा. दिलिप कुमार मल्लद्वारा लिखित एकल गीतीएल्वम ‘अप्सरा’ सार्वजनिक भएको छ । डा. मल्लको एकल गीतीएल्वम् अप्सरामा बरिष्ट संगीतकार वशन्त सापकोटाका साथै गायक तथा संगीतकार लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको छ । चर्चित गायक-गायीका स्वरुपराज आचार्य, राज सिग्देल, लक्षुप्रकाश मल्ल र निशा देशारको सुमधुर स्वरले सजिएको यस एल्वममा ९ वटा गीतहरु रहेकाछन् ।

गीतकार डा. मल्लका अनुसार यो एल्वम कोभिड-१९ को महामारीका कारण देशमा लकडाउन सुरु हुनु पहिले नै तयार भइसके पनि केही प्राविधीक कामहरु बाँकी रहेकोले गत चैत्र अन्तिम साता विमोचनको तयारिमा थियो । चैत्र ११ गते देखि सुरु भएको लकडाउनले गर्दा आजसम्म सार्वजनिक गर्न नपाएको बताए ।

भदौ १७ गते आधिकारीक रुपमा सार्वजनिक गरिएको यस एल्वममा पाऊ हजुरको, अप्सरा हौ की, चाँदनी त्यो कालो रात, मैले चाहेर पनि, म वियोगमा, राजा राजा यो दिलको राजा, लगायतका क्लासिकल फ्लेवरका निकै कर्णप्रिय गीतहरु रहेका छन् । लक्षुप्रकाश मल्लको अफिसियल च्यानल मार्फत युबट्युबमा यि सबै गीत सजिलै सुन्न सकीने छ ।

स्टार म्युजिक सेन्टरको प्रस्तुति रहेको डा. मल्लको यस एकल गीतीएल्वमको “म वियोगमा बाँचिरहे” भन्ने गीतमा संगीतकार लक्षुप्रकाश मल्लले  ‘ई क्रोमेटिक स्केल’ अर्थात (१२ वटै स्वरहरु) को प्रयोग गरी ‘एभरेष्ट वल्ड रेकर्ड’ राख्न सफल भएकाथिए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार