बिष्णु खत्रीले ल्याए पञ्चेबाजा धौलागिरीको

  मन बहादुर पुन  859 पटक हेरिएको

चर्चित लोक दोहोरी गायक बिष्णु खत्रीले पञ्चेबाजा लोक दोहोरी गीत लिएर फेरी नेपाली लोक संगीत प्रेमी दर्शक श्रोत्राको बिचमा उडाएका छन । सयौ चर्चित गीतहरुले लाखौ लाख लोक संगीत प्रेमीको मन जित्न सफल लोकप्रिय गायक बिष्णु खत्रीको पञ्चेबाजा गीत धौलागिरीकोले बजार ब्याबस्थापन गरेको छोटो समयमै चर्चाको शिखरमा रहेको छ ।
बिष्णु खत्रीको शब्द लय रहेको धौलागिरीको पञ्चेबाजा गीतमा बिष्णु खत्री र जुना श्रीस मगरको स्वर रहेको छ । कुलबिर थापा र सिर्जना क्षेत्रीको अभिनय रहेको गीतमा बिष्णु खत्री र हस्त जिसीको निर्देशन रहेको धौलागिरी क्षेत्रको मौलिक झल्कने धौलागिरीको पञ्चेबाजा गीतलाई सुमधुर क्रियसनले बजार ब्याबस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार