गरिवका लागि एलिजाले ७७० वटा घर बनाइदिने

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  713 पटक हेरिएको

काठमाडौं । नायिका एलिजा गौतमले गरिव एवं असहायका लागि मुलुकभर ७७० वटा घर निर्माण गर्ने घोषणा गरेकी छिन् ।

एलिजा फाउण्डेशन स्थापना गरेर सामाजिक काम सुरु गर्ने बताउदै उनले पहिलो चरणमा श्रीमान पत्रकार ऋषि धमलाको गृहजिल्ला धादिङमा ७७ वटा घरहरु निर्माण गर्ने घोषणा गरेकी छिन् ।

‘सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु’ एलिजाले भनिन् ‘यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।’
आउँदो चैत ११ गते आफ्नो जन्मदिन पारेर घर निर्माण कार्य सुरु गर्ने एलिजाले बताइन् ।

कथानक चलचित्र ‘अनुराग’बाट अभिनयमा प्रवेश गरेकी एलिजा पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार