नयाँ वर्षमा आउँदै कृष्णलीला

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  569 पटक हेरिएको

काठमाडौं । हालै छायांकन सम्पन्न गरेर सम्पादनमा रहेको चलचित्र ‘कृष्णलीला’को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशित यो चलचित्र अब नयाँ वर्ष २०७८ को अवसर २७ चैत्रमा रिलिज गरिने जानकारी सञ्चारमर्कीलाई मंगलबार निर्माण पक्षले गराएका छन् ।

पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागार्इंलगायतका कलाकारले अभिनय गरेको फिल्म लक्ष्मण सुवेदीले लेखेका हुन् । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । यो चलचित्रलाई पूर्वी नेपालको पाँचथर, इलाम, झापालगायतका जिल्लाका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको हो ।

‘कृष्णलीला’ दर्शकलाई नयाँ वर्षको कोसेलीस्वरूप २७ चैत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले जानकारी दिएका छन् । आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

फिल्ममा समावेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइन्स डेलाई लक्षित गरी माघ ३० मा सार्वजनिक गर्ने पनि प्रस्तुतकर्ता रोहितले जानकारी गराएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको सो गीतमा पुष्प र श्रद्धाको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार