काठमाडाै । लाेकप्रिय सञ्चारकर्मी तथा सर्जक राजकुमार रायमाझीको भजन गीत ‘बालौँ आरती’ सार्वजनिक भएको छ ।
‘बालौँ आरती’ गीतमा राज कुमारको आफ्नै शब्द रचना र संगीत तथा आवाज रहेको छ भने गायिका गायत्री रानाले पनि उनलाई आवाजमा साथ दिएकी छिन् ।
त्यस्तै, गीतको भिडियोमा मन बहादुर पुनले निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने गायकद्वय राजकुमार रायमाझी, गायत्री राना, रामप्रसाद पाठक, कमल कुमारी निरौला, मनु पुन र भोजराज कार्कीको अभिनय रहेकाे छ ।
उक्त भिडियो राजकुमारको आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

795 पटक हेरिएको 

