न्युयोर्क(अमेरिका) – नेपाली पप गायक ओम विक्रम विष्ट गम्भीर बिरामी भएका कारण न्युयोर्क स्थित अस्पतालमा उपचार भइरहेको छ । विष्टको दुवै मृगौला खराब भई हाल न्युयोर्कको अस्पतालमा डाइलोसीसमा राखिएको छ । मृगौला प्रत्यारोपणका लागि दाताको खोजी भइरहेको पनि उनका निकटले जनाएका छन् ।उनको उपचारमा सहयोगका लागि गो फण्ड मार्फत सहयोग आग्रह गरिएको छ । जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, लसएञ्जल्स च्याप्टर सभापति मदन पाठक लगायतले विष्टको उपचारका लागि सहयोग आग्रह गरेका छन् ।
नेपालका चर्चित साहित्यकार दौतल विक्रम विष्टका छोरा ओम विक्रमलाई नेपालमा पप किगं पनि भनिन्छ । म मौनता मा, झ्यालवाट हेर, हर साँझ जस्ता चर्चित गीतहरू ओम विक्रमले स्वर दिएका हुन् । परिवार सदस्य अमेरिका भएकाले विष्ट अमेरिकामा थिए ।
उनको एकल सांझवाट प्राप्त नाफावाट लसएञ्चल्स स्थित पशुपति फाउण्डेशन स्थापनाको सुरुआत भएको थियो ।

1089 पटक हेरिएको 

