मोडलले धेरैजसो आफ्ना विशेष पहिरनले सबैलाई हैरान बनाउने गर्छन् तर बेला हदीदको अचम्मको फेसनले धेरैलाई चकित पारेको छ । उनलाई कान्स फिल्म फेस्टिबल २०२१ मा एउटा निकै अचम्मको पहिरनमा देखिएको छ ।
मिडिया रिपोर्टका अनुसार फिल्म फेस्टिबलको दोस्रो दिन बेला हदीले यो जोखिमयुक्त पहिरनसहित रेड कार्पेटमा उपस्थिति जनाएकी थिइन् ।
बेला रेड कार्पेटमा कालो रङको सियापरेल्ली ड्रेसमा देखिएकी छिन् । यसबाहेक यी मोडलको अचम्मको नेकलेसले धेरैको ध्यान खिचेको छ । सुनौलो रङको यो नेकलेस फोक्सोको आकारमा देखिएको छ ।

बेला हदीद २४ वर्षकी मात्रै भइन् र सुपर मोडलको यो अचम्मको पहिरनले सबैको मन जितेको पनि छ ।मिडिया रिपोर्टका अनुसार बेला यसअघि फिल्म अनेटेको स्क्रिनिङका लागि रेड कार्पेटमा देखिएकी थिइन् ।

633 पटक हेरिएको 

