काठमाडौं । आगामी पुस २ र ३ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औँ वार्षिक साधारणसभा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भएकाे ठाँउ पूर्वी नवलपरासीको अरुणखोलास्थित जनता माध्यामिक विद्यालयको प्रांगणमा साधारणसभा हुने प्रचारप्रसार संयोजक राजकुमार रायमाझीले मनास्लु पाेष्टलाई जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) प्रमुख अतिथिको रुपमा सहभागी भएर उद्घाटन गर्ने कार्यक्रममा प्रतिष्ठानका संस्थापन समितिलाई सम्मान पनि गरिने रायमाझीको भनाई छ । प्रतिष्ठानको स्थापना चर्चित गायक, सर्जक अम्बर बिरही गुरुङको अध्यक्षतामा भएको थियो ।
पुस २ र ३ गते विभिन्न जिल्लाहरुबाट कार्यक्रममा कलाकारहरु सहभागी हुने बताइएको छ । प्रतिष्ठानको शाखा प्रत्यक जिल्लाहरुमा स्थापना भइसकेको छ भने यस लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल हजारौँको संख्यामा कलाकारहरु अावद्द छन । । हाल रमेश बिजी उक्त संस्थाको अध्यक्ष हुन् ।
कार्यक्रममा सहभागीता जनाएर भव्यरुपमा सफल बनाइदिन अध्यक्ष बिजीले आग्रह गरेका छन् भने धेरै व्यक्तिहरुलाई निमन्त्रणा पत्रसमेत पठाइसकेको बताए ।
‘कलाकारहरुको साधारणसभामा सहभागीता जनाएर सफल बनाइदिन हामीले धेरै महानुभाव ज्युहरुलाई निमन्त्रणा पत्र पठाइसकेका छौँ, केहीलाई व्यस्तताको कारण पठाउँनै बाँकी पनि छ’, अध्यक्ष बिजीले भने, समय अझै छ, सम्झेर पठाउने छौँ, यद्यपि कोही छुट्न पुगेमा यही समाचारको आधारमा पनि सहभागी हुन आग्रह गर्दछु ।’ साधारणसभा कार्यक्रमको संयोजन प्रतिष्ठानका उपाध्यक्ष दिपक खड्काले गर्दै छन् ।

558 पटक हेरिएको 

