राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औ साधारण सभा सम्पन्न

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  743 पटक हेरिएको

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औ वार्षिक साधारण सभा, सांस्कृतिक कार्यक्रम सहित संस्था स्थापना स्थल मद्यबिन्दु जनता आदर्श मा बि नवलपुरकाे अरुणखोलामा सम्पन्न भएको छ ।

पौष २ गते बिहान ११ बजे बाट स्थानीय तथा विभिन्न जिल्ला प्रदेश बाट उपस्थित भएका हजारौं लोक दोहोरी कलाकारको साथमा संस्थाका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पुर्ब अध्यक्ष प्रजापति पराजुली, पुर्ब अध्यक्ष दुर्गा रायमाझी, पुर्ब अध्यक्ष पुर्सोत्तम न्योपाने, पुर्ब अध्यक्ष चन्द्र शर्मा, नि बर्तमान अध्यक्ष बद्री पङगेनी र बर्तमान अध्यक्ष रमेश बि जिलाई गाडीमा राखेर सांस्कृतिक झाँकी सहित नगर परिक्रमा गराइएको थियो।

गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेलको प्रमुख अतिथ्यमा सम्पन्न भएकाे कार्यक्रममा संस्थाकी बरिस्ठ उपाध्यक्ष रिता थापालेले स्वागत मन्तव्य राखेकी थिईन।

एन सि सिका विद्यार्थीले सलामी दिएका थिए भने कार्यक्रममा कुलेन्द्र बि क, प्रकाश सपूत, राम जि खान, पसुपती शर्मा, पुस्कल शर्मा, कुसल बेलबासे, सम्झना लामिछाने, अञ्जली अधिकारी, दिपासा बि सि ,रबिना भन्दारी, रिना थापा लगायतका कलाकारले प्रस्तुति राखेका थिए। कार्यक्रमका सभापति संस्थाका अध्यक्ष रमेश बि जि थिए।

कार्यक्रममा संस्थापक कार्य समिती संस्थापक सल्लाहकार साथै मानार्थ सदस्य, संस्थापक अध्यक्ष पुर्ब अध्यक्ष बर्तमन अध्यक्ष, इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेल अग्रज कलाकार राम प्रसाद खनाललाई लगायत विभिन्न ब्याक्तित्वहरुलाइ सम्मान गरिएको थियो।

लोक दोहोरी गीत हाम्रो संस्कृती हो यसको बिकास गर्नुपर्नेछ र गण्डकी प्रदेशका लोक तथा दोहोरी गीत संगीत सङ सहकार्य गर्दै अगाडि बढने समेत जानकारी गराए ।

बेलुकी ६ : ४० सम्म भएको कार्यक्रममा सस्थाका महासचिब सुबास के सि ले कार्यक्रम सन्चालन गरेका थिए। कार्यक्रम मा अत्यधिक जनसागर उर्लिएका थियो।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पङेनि विशेष अतिथि अनि प्रमुख अतिथि ले पनि लोक गीत गायर कार्यक्रम थप रोचक बनेको थियो। विभिन्न tv रेडियो विभिन्न facebook page बाट कार्यक्रम live भएको सहित कार्यक्रम का प्रचार प्रसार बिभागका प्रमुख राजकुमार रायमाझीले मनास्लु पाेष्टलाई जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार