पल शाहलाई पुर्पक्षको लागि थुनामै राख्ने उच्चको आदेश

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  368 पटक हेरिएको

पोखरा । अभिनेता पल शाह पुर्पक्षका लागि थुनामै बस्ने भएका छन् । सुरु जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले सुरु जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सो आदेश दिएको हो । एक नाबालिग गायिका बलात्कार मुद्दामा पल शाह शाल ३ महिनादेखि जिल्ला कारागार कार्यालय तनहुँको थुनामा छन् । यो फैसलाले उनका फ्यान झनै दुखित भएका छन् ।

तनहुँको आदेशविरुद्ध १८ चैत २०७८ र नवलपुरको थुनछेक आदेशविरुद्ध १३ वैशाख, २०७९ मा साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी उच्चमा परेको निवेदनमा यसअघि ४ पटकसम्म पेसी स्थगित हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार