संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा पवित्रा सर्तुङ्गी मगर प्रथम

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  796 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिले आयोजना गरेको ‘संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा कमलादी समितिकी पवित्रा सर्तुङ्गी मगर प्रथम भएकी छन् ।

गायिका पवित्राले रु २५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुका साथै आगामी दिनमा एक गीतको अडियो र भिडियो निर्माण निःशुल्क पाउने भएकी छन् । त्यस्तै उक्त प्रतियोगितामा नयाँ बसपार्क समितिका किरण बिसी द्वितीय र नयाँ बसपार्क समितिकै प्रकाश रसाईली तृतीय भएका छन् ।

त्यस्तै, लाजिम्पाट समितिका निश्चल गुरुङ भने चौथो भए । उनीहरुले क्रमशः नगद रु १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे । शनिबार राजधानीमा आयोजित प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी भएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले विजेताहरुलाई प्रमाणपत्र र पुरस्कार हस्तान्तरण गरेका हुन् ।

‘हाम्रो अभियान, अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने मुल नाराका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको उपत्यका समन्वय ललितपुर समितिका अध्यक्ष सुजन बराईलीले जानकारी दिए । साथै, अध्यक्ष बराईलीले सम्पूर्ण प्रतियोगीले मौलिक शब्द र भाकामा गीत प्रस्तुती दिएको बताए ।

प्रतियोगिताको निर्णायक संयोजक गायक रामजी खाँण रहेका थिए भने निर्णायक मण्डलको सदस्यमा गायक कुलेन्द्र विश्वकर्मा, राजु ढकाल, शिव हमाल, पिएन सापकोटा लगायत थिए ।

त्यस्तै गायक पशुपति शर्मा, दिपक खड्का, रमेशराज भट्टराई, श्रीकृष्ण बम मल्ल, मोडल तथा म्युजिक भिडियो निर्देशक शंकर बिसी, गायिका राधिका हमाल, पूर्णकला बिसी, शान्ती श्री परियार, रीता थापा, सीता राना मगर, मोडल मञ्जिता केसी लगायत धेरै कलाकारहरु तथा समाजसेवीको कार्यक्रममा सहभागीता रहेको थियो ।

प्रतियोगिताका सम्पूर्ण विजेतालाई प्रमाण पत्रसहित पुरस्कार हस्तान्तरण गर्दै प्रमुख अतिथि बिजीले मौलिक शब्द र भाकामा गीत प्रस्तुत गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा गीत संगीतलाई अझै माैलिकपन र सुदृढ बनाउँदै लैजान सुझाव दिए ।

प्रतियोगितामा प्रायोजन जापानमा बस्ने समाजसेवी धन थापाले गरेका थिए भने प्रथम पुरस्कार प्रायोजन बागेश्वरी खड्का हाउजिङ डेभलपर्स, द्वितीय पुरस्कार हङकङ बस्ने संगीत प्रेमी उपेन्द्र विश्वकर्मा, तृतीय पुरस्कार म्याग्दी धौलागिरी गहना पसल, गोंगबुले गरेको सुनाउँदै समितिका अध्यक्ष सुजनले प्रतियोगितालाई थप सफल बनाउन अन्य व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेको बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई बिग परिवेश रेकर्डिङ स्टुडियोले निःशुल्क गीत रेकर्डिङ गरिदिने, संगीतकार–गायक श्रीकृष्ण बम मल्लले निःशुल्क गीत सिर्जना गरिदिने, कुलेन्द्र विश्वकर्माले निःशुल्क गीत गाइदिने, मोडल शिवन पोखरेलले सुटिङका लागि आवश्यक ईकुप्मेन्टहरु निःशुल्क उपलब्ध गराउने र भिडियोमा अभिनय गरिदिने, मोडल मञ्जीता केसीले निःशुल्क अभिनय गरिदिने, मनास्लु पोस्टका मन बहादुर पुनले निःशुल्क छायांकन गरिदिने, भिडियो सम्पादक बिरेन्द्र भाट ‘बिपिन’ ले निःशुल्क भिडियो सम्पादन गरिदिने, क्रीयटिभ आई टुर एण्ड ट्राभल्सका दिपेन्द्र प्रकाश केसीले सुटिङका लागि आवश्यक यातायातको व्यवस्था गरिदिने, रमेश सेञ्चुरीले निःशुल्क एरेञ्ज गरिदिने घोषणा गरेको कार्यक्रममा सबै चिजको व्यवस्थापक एवं पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ ले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार