काठमाडाैं । नेपाली संगीतिक दुनियामा मिलन शंकरको परदेशको मरुभुमीमा आधुनिक गीत स्टार म्यूजिक सेन्टरबाट सार्वजनिक भएको छ ।
मिलन शंकरको शब्द, संगीत र स्वरमा रहेको परदेशको मरुभुमीमा आधुनिक गीत राष्ट्रिय सभागृहमा भइरहेको नेपाल ट्रेड यनियनको १२औ राष्ट्रिय महाधिबेशनमा बिमोचन भएको थियो ।
बिग परिबेश रेकडिङ स्टुडियो अनामनगर काठमाडौमा रेकडिङ भएको परदेशको मरुभुमीमा गीतमा बिश्व रेकर्ड राख्न सफल चर्चित गायक तथा संगीतकार लक्षु प्रकाश मल्लको संगीत संयोजन, बरिष्ठ ध्वनी सम्पादक मनोज डंगोलको मिक्सिङ र शक्ति घिमिरेको छायांकन सम्पादन रहेको छ ।
मध्यम परिवारमा हुर्किएका मिलन जन्मदेखि आजको दिनसम्म आँशु दुःख, कष्ट, चोट, पीडा पार गर्दै आए पनि उनका जिन्दगीको रोजाई नै गीत संगीत थियो । उनलाई सानै देखि गीत संगीत मन पथ्यो उनकोे जीवनको साथी नै गीत संगीत थियो । जव उनि जवानी अवस्थाको भएपछि उनि गायक बन्ने सपना हुँदाहुँदै पनि बिदेशिन बाध्य हुनुप¥यो । यहि बिदेशको आफ्ना भोगाइका बास्तबिक कथालाई समेटिएर परदेशको मरुभुमीमा गीत बजारमा ल्याएका छन।

297 पटक हेरिएको 

